शैल्यशिखरमा गुफा भेटियो । (फोटो फिचर) 

४ बर्ष अघि

२0७७ जेष्ठ २३ शुक्रबार

शैल्यशिखरमा गुफा भेटियो । (फोटो फिचर) 

दृष्टिकोण समाचार जेष्ठ २३ दार्चुला  । शैल्यशिखर नगरपालिका ४ ओसिलाशैनी वनमा अलौकिक गुफा भेटिएको छ । गाइवस्तु चराउन गएका बेला स्थानीयले वनमा अलौकिक गुफा भेटाएका हुन् । करिब पाँच सय मिटर लम्बाईको गुफा भेटिएको स्थानीय देवसिह ठगुन्नाले जानकारी दिनुभयो । बालबालिकाले गुफा भेटेपछि स्थानीयलाई खबर गरेका थिए । पछि सयौं स्थानीय गुफामा गएर अवलोक गरेका छन् । मान्छेले हेर्दाखेरी २ घण्टा लाग्ने गुफा भेटिएको छ, ठगुन्नाले भन्नुभयो, गुफाभित्र सात तला छ । यस्तै विभिन्न प्रकारका मूर्ति, मादल आकारका ढुंगा, पानी भएको झर्ना देखिएको छ । विगतभा बाहिरतिर सानो गुफा जस्तो देखिने गरेपनि भित्रको अवस्थाबारे कसैले खोजी नीति भएको थिएन, उहाँले भन्नुभयो, अहिले बालबालिका गाई चराउन जाँदा खेल्न भन्दै भित्रभित्र पसेपछि मादल बजाउने, मूर्ति रहेको बारे जानकारी गराएपछि स्थानीयले हेर्न गएका हुन् । अहिलेसम्म स्थानीयले नदेखेको क्षेत्रमा बालबालिकाले गुफा भेटाएका हुन् । निकै आकर्षण र अनौठो खाले गुफा भेटिएको स्थानीय महादेवसिह ठगुन्नाले जानकारी दिनुभयो । विगतमा यो क्षेत्र भन्दा माथिल्लो क्षेत्रमा रानिबास र तलतिर लटिनाथ मन्दिर रहेको छ । अहिले गुफाभित्रको आकृतिहेर्दा शिवजी वा मालिकार्जुन देवता बसेको हुन सक्ने स्थानीयको अनुमान छ । अहिले स्थानीयले यो क्षेत्रमा धुप बाल्न थालेका छन् । फोटो  विशन सिह बोहराको फेसबुकबाट साभार