क्वारेन्टाइनमा बसेकाहलाई भुपु प्रहरी निरीक्षक र सहकारी संस्थाले फलफुल वितरण ।

४ बर्ष अघि

२0७७ जेष्ठ २२ बिहीबार

क्वारेन्टाइनमा बसेकाहलाई भुपु प्रहरी निरीक्षक र सहकारी संस्थाले फलफुल वितरण ।

दृष्टिकोण समाचार जेष्ठ २२ दार्चुला । जिल्लाको व्याँस गाउँपालिकाको स्थित क्वारेन्टाइनमा रहेका ३२ जनालाइ भुपु प्रहरी निरीक्षक महेन्द्र सिह बुढाथकीले फलफुल तथा राहत समाग्री वितरणर गरेका छन । व्याँस गाउँपालिकाको खलंगा स्थित छाङरु र तिंकर स्कुलमा रहेका क्वारेन्टाइनमा बसेका नागरिकलाई फलफुल अण्डा मास्क सेनिटाइजर जुस वितरण गरेका भुपू प्रहरी निरीक्षक महेन्द्र सिह बुढाथोकीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेका नागरिकहरुको समस्यालाई बुझी व्याँस महिला बहुउदेश्यि सहकारी संस्था व्याँस गाउँपालिका वडा नम्बर १ ले पनि महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेका क्वारेन्टाइन हरुमा फलफुल सेनिटाइजर मास्क जुस वितरण गरेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमुना मावि खंलगा , छन्ना तिकरी कन्या मावि , इसियन एकेडेमिमा स्कुल र दार्चुला बहुमुखि क्याम्पसमा क्वारेन्टाइनमा बसेका १३० जनालाइ फलफुल तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको व्याँस महिला बहुउदेश्यि सहकारी संस्थाकी उपाध्यक्ष कविता बोहराले जानकारी दिनुभयो ।