गोकुलेश्वर विमानस्थल निर्माण गर्न एक करोड बजेट । 

४ बर्ष अघि

२0७७ जेष्ठ २२ बिहीबार

गोकुलेश्वर विमानस्थल निर्माण गर्न एक करोड बजेट । 

दृष्टिकोण समाचार जेष्ठ २२ दार्चुला । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय बाट आगामी आर्थिक वर्ष २०७७—०७८ मा गोकुलेश्व्र विमानस्थल निर्माण गर्ने सहित आठ वटा महत्तपुर्ण कार्यक्रमहरु स्विकृत भएका छन । मन्त्रालयले २६ वर्षदेखि बन्द रहेको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित दार्चुलाको एकमात्र गोकुलेश्वर विमास्थल निर्माणका लगि एक करोड रुपैया विनियोजन गरेको छ । यस्तै मालिकार्जुन गाउँपालिकाको ऐतिहासिक उकु भग्नावशेष संरक्षण गर्न २५ लाख व्याँस गाउँपालिका—५ स्थित भूमिराज मन्दिर संरक्षण गर्न १५ लाख बजेट विनियोजन गरिएको छ । मार्मा गाउँपलिका वडा नम्बर ५ मुरैमा मुरै सित्तोला पदमार्ग पर्यटन पुर्वाधार निर्माण गर्ने २० लाख , व्याँस गाउपालिका वडा नम्बर १ तिकंर जोड्ने पदमार्ग निर्माणका लागि १० लाख रुपैया र व्याँस गाउँपालिका वडा नम्बर ३ स्थित गोतु तातोपानी धार्मिक तथा पर्यटकिय क्षेत्र पुर्वाधार निर्माण गर्न १० लाख बजेट विनियोजन गरिएको छ । मार्मा गाउँपालिका वडा नम्बर ६ स्थित लटिनाथ मन्दिर पर्यटन क्षेत्र पुर्वाधार निर्माण गर्न ५ लाख र अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी देखि घुसा अपि बेश क्याम्प पदमार्ग निर्माणका लागि १० लाख रुपैया बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य गणेश सिह स्वकिय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो । पर्यटन मन्त्रालय अन्तगत दार्चुलका ८ वटै कार्यक्रममा कुल एक करोड ९५ लाख रुपैया विनियोजन गरिएको उहाँले बताउनु भयो । हेर्नुहोस पर्यटन मन्त्रालय अन्तरगत दार्चुलाका योजनाहरु