सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टी भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ७८ पुग्यो ।

४ बर्ष अघि

२0७७ जेष्ठ २१ बुधबार

सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टी भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ७८ पुग्यो ।

दार्चुला जेष्ठ २१ । सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७८ पुगेको छ। धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालले जनाएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै डोटीका पूर्वीचौकी ४ का २३ बर्षीय र पूर्वीचौकी ७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। सुदूरपश्चिमका ७८ जना संक्रमित मध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्। सबैभन्दा बढि कैलालीका ३५ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका सात, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६१, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।