पुरानै पासमा जेठ ३२ गतेसम्म सवारी चलाउन पाइने । (हेर्नुहोस् सुचना सहित)

४ बर्ष अघि

२0७७ जेष्ठ २१ बुधबार

पुरानै पासमा जेठ ३२ गतेसम्म सवारी चलाउन पाइने । (हेर्नुहोस् सुचना सहित)

दृष्टिकोण समाचार जेष्ठ २१ दार्चुला । सरकारले जेठ ३२ गतेसम्म थप गरेको लकडाउन अवधिमा सवारी धनीले पुरानै सवारी पासमा सवारी साधन चलाउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबारसम्म म्याद रहेका अत्यावश्यक कार्यमा प्रयोग हुने सवारी साधनहरुको म्याद जेठ ३२ गतेसम्म स्वत नविकरण हुने सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले खाद्यान्न, औषधी, तरकारी, फलफुल, दुध, पानी, अण्डा, कुखुरा, कृषि सामग्री, पशुपन्छिका दाना, निर्माण सामाग्री, पेट्रोलियम पदार्थको ढुवानीको लागि यसअघि सवारी पास उपलब्ध गराएको थियो ।प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलद्धारा हस्ताक्षरित सूचनामा पुरानै प्रयोजनका लागि ३२ गतेसम्म स्वत। म्याद थप हुने तर सवारी अनुमतिको प्रयोजन परिवर्तन गर्नुपर्नेमा भने नयाँ अनूमित लिनुपर्ने व्यहोरा उल्लेख गरिएको छ । हेर्नुहोस् सुचना