डडेल्धुराको  क्वारेन्टाइनमा एक महिलाको मृत्यु ।

४ बर्ष अघि

२0७७ जेष्ठ २१ बुधबार

डडेल्धुराको  क्वारेन्टाइनमा एक महिलाको मृत्यु ।

डडेल्धुरा जेष्ठ २१ । डडेल्धुराको क्वरेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय सविता विकको मृत्यु भएको वडाल प्रहरीले जनाएका छ । राति श्रीमनसंगै सौञ्चालय गएकी महिला बेहोसपछि मृत्यु भएको वडाल प्रहरी चौकीका इर्चाज प्रहरी सहायक निरिक्षण धनबहादुर बिष्टले बताएका छन् । उनका अनुसार चार दिन अगाडी भारतबाट आएकी महिला श्रीमन छोरासहित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ ले निमार्ण गरेको असिग्राम आधारभुत बिद्यालय रौनाकोट क्वारेन्टाइनमा बुधबार मृत्यु भएको हो । गएराति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान १ बजे एम्बुलेस पुगे पनि कोरोनाका कारण मुत्यु  भएको भन्दै कसैले पनि नछोएको स्रोतको भनाई छ । रातीबाटै गाउँका नागरिकहरु क्वारेन्टाइन् नजिक आगोबालेर बसेपनि एम्बुलेसमा राख्न कसैले नमानेको बताईएको छ । एम्बुलेस चालकले पनि स्वास्थ्य सुरक्षाका समाग्री नबोकेकाले हात नलगाएको बताएका छन् ।