दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा ।

४ बर्ष अघि

२0७७ जेष्ठ १९ सोमबार

दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा ।

दृष्टिकोण समाचार जेष्ठ १९ दार्चुला ।  दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको गृह मन्त्रालयले सात महिनामै सरुवा गरेको छ । कार्तिक १८ गते मात्रै दार्चुला आउनु भएको प्रमुख जिल्ला अधिकारी पौडेलको गृहमन्त्रालयले ठिक सात महिना पूरा भएसंगै जेठ १८ गते सरुवा गर्ने निर्णय गरेको छ । गुल्मी जिल्लाबाट प्रमुख जिल्ला अधिकारी भएर दार्चुला आउनु भएको प्रमुख जिल्ला अधिकारी पौडेलको धुनषा जिल्ला सरुवा गरिदिएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेल धनुषा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिदिएको छ । कार्यसम्पादन मूल्यांकनका आधारमा देशकै सातौँ नम्बरको रुपमो घोषित भएकै बेला पोडेल दार्चुलाको प्रमुख जिल्ला अधिकारी भएर आउनु भएको थियो । जिल्ला प्रशासन कार्याल धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल दार्चुलाको प्रमुख जिल्ला अधिकारी भएर आउनु हुनेछ । गृह मन्त्रालयले ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गदृै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिबर्तन गरेको हो । सुदूरपश्चिम प्रदेशको दार्चुला सहित चार जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको काज सरुवा गर्दै मोहन जोशीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी खटाइसकेको छ । यस्तै बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको झापा, डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यागमन विभाग कालिकास्थान सरुवा गरेको छ ।