नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो ।

४ बर्ष अघि

२0७७ जेष्ठ १९ सोमबार

नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो ।

काठमाण्डौ जेष्ठ १९ । नेपालमा सोमबार एकैदिन दुई सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो एकैदिन सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार सात सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  सोमबार थपिएका सङ्क्रमितमध्ये दुई सय १३ जना पुरुष रहेका छन् भने १३ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । आज एक जा डिस्चार्ज भएसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई सय २२ भएको छ । सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ ।