नेपालमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि  सङ्क्रमित १ हजार ५ सय ७२ पुगे ।

४ बर्ष अघि

२0७७ जेष्ठ १९ सोमबार

नेपालमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि  सङ्क्रमित १ हजार ५ सय ७२ पुगे ।

काठमाण्डौ जेष्ठ १९ । पाल्पामा तीन र रुपन्देहीमा दुई जना गरी थप पाँच जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्लाको भैरव नवदिप स्कुल छहराको क्वरेन्टीनमा रहेका १९, ३८ र ४० वर्षका पुरुष तथा रुपन्देहीको कोटहिमाइमा ४२ वर्षका पुरुष र ७० वर्षकी महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा १५ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हिजोमात्रै १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो । अहिले १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टीनमा र १ हजार ३ सय ४४ जनालाई आइसोलेशनमा राखिएको मन्त्रालयले जनाएको छ । २ सय २० जना कोरोना संक्रमणबाट निको भएका छन् भने ८ जनाको भने ज्यान गएको छ । अहिलेसम्म ६९ हजार ५ सय ८७ जनाको पीसीआर र १ लाख ११ हजार १ सय ९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।