बाजुराको आइशोलेसनमा राखिएका २ वर्षीया बालिकाको मृत्यु ।

४ बर्ष अघि

२0७७ जेष्ठ १८ आईतवार

बाजुराको आइशोलेसनमा राखिएका २ वर्षीया बालिकाको मृत्यु ।

बाजुरा जेष्ठ १८ । बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। रुपचन्द्र विश्वकर्माले जानकारी दिए । मृत बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । पीसीआर रिपोर्ट आउन बाँकी रहेको जल्ला अस्पतालले जनाएको छ । मृतक बालिकाको शव व्यवस्थापन परीक्षण रिपोर्ट आएपछि मात्र गरिने अस्पतालले जनाएको छ ।८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएर बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । बालिकासंँगै उनका बुवा र र आमालाई पनि आइसोलेसनमा राखिएको थियो । भारतबाट आउँदै गरेको अवस्थामा बाटोबाटै बिरामी थिए । यसअघि शनिबार राति डडेलधुरामा पनि क्वारेन्टाइनमा एक जना ६ वर्षीय बालकको मृत्यु भएको थियो ।