सूचनाको हक कार्यान्वयनमा समस्या, जागरुक हुनु आवस्यक

६ बर्ष अघि

२0७५ असार २0 बुधबार

सूचनाको हक कार्यान्वयनमा समस्या, जागरुक हुनु आवस्यक

दृष्टीकोण समाचार, असार २० दार्चुला । सूचनाको हकलाई नेपालको सम्बीधानमा नागरिकको मौलिक अधिकारको रुपमा राखिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावली ६५ ले हरेक सार्वजनिक निकाय र संस्थाले सार्वजनिक हितको सूचनाहरु सार्वजनिक गर्नै पर्ने व्यवस्था गरेको छ ।  यसका अतिरिक्त राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता तथा कुनै धर्म र जातजाती तथा सम्प्रदायक बीच हिंसा फैलाउने र कसैको गोपनियता भंगहुने किसिमका सूचना बाहेक आम सरोकारका जुनसुकै सूचनाहरु थाहा पाउने अधिकार सबै व्यक्तिलाई दिएको छ ।


यसैबीच मंगलबार नेपाल पत्रकार महासंघ दार्चुलाको आयोजनामा सूचनाकोहक कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा दार्चुला जिल्लामा सूचनाकको हक कार्यान्वयनको अवस्था फितलो रहेको प्रति छलफल गरिएको छ ।  यसका अतिरिक्त दार्चुला जिल्लामा सूचनाको हक कार्यान्वयनमा सरकारी तथा सार्वजनिक निकायले केही राम्रा अभ्यास गरेको भएपनि त्यसलाई निरन्तरता दिन नसकेको निष्कर्ष निकालिएको छ ।
पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ प्रदेश नम्बर सातका सचिव प्रेम चुनाराका प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 
छलफल कार्यक्रममा सूचनाको हक कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघले जागरुकता गर्नु पर्ने र जनताको सूचना पाउने हक अधिकारका बारेमा सवै नागरिकहरुलाई सचेतना गराउने किसिमका सन्देशहरु सञ्चारमाध्यमबाट प्रकासन तथा प्रशारण गरेर जनचेतना बढाउने कार्यमा लाग्नु पर्नेमा जोड दिईएको छ ।