कालापानी जान्छु भन्दै हिडेका डाक्टर केसी किन फर्किए ।

४ बर्ष अघि

२0७७ जेष्ठ १७ शनिबार

कालापानी जान्छु भन्दै हिडेका डाक्टर केसी किन फर्किए ।

दृष्टिकोण समाचार जेष्ठ १७ दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिकाको कालापानी जान्छु भन्दै हिडेका डाक्टर गोविन्द केसी बाटो नहुदा फर्किनुभएको छ । दुम्लीङबाट विहिबार कालापानीको लागि हिडेका केसी दुम्लीबाटै फर्किएका छन । व्याँस गाउँपाकिला वडा नम्बर २ को दुम्लीङ सामुदायिक स्वास्थ्य एकाईमा बुधबार स्थानीयको चेकजाँच पछि विहीबार केसी तिङकर हुँदै कालापानी जान्छु भन्दै हिडेका थिए । बाटो समस्या भएपछि केसी बाटोघाटो नहुँदा दुम्लिङबाटै फिर्ता भएको व्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिनभयो । केसी दुम्लीङबाट फर्किएर गाउँपालिकाको केन्द्र पुग्नुभएको छ । नेपाल भएर जानको लागि व्याँस गाउपालिका वडा नम्बर २  मौराभेल घाटिबगर क्षेत्रमा बाटो अवरुद्व छ । यो क्षेत्रमा नेपाली सेनाले अहिले घोरेटोबाटो खोल्नका लागि काम सुचारु गरेको छ । नेपालतिर बाटो नभएकै कारण यसअघि व्यास १ का स्थानीय भारतीय बाटो प्रयोग गर्दै गाउँ फर्किएका छन । तीन महिनादेखि सुदूरपश्चिमका विभिन्न अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा पुरयाउँदै आउनुभएका डाक्टर केसीले जेष्ठ १ गते दार्चुला जिल्ला अस्पताल पुग्नुभएको थयो । एकसाता जिल्ला अस्पतालमा सेवा दिनुभएका केसी जेष्ठ ११ गते व्याँस गाउँपालिका केन्दस्थित स्वास्थ्य चौकी सुनेसरा पुग्नुभएको थियो ।