कृषिमा ४१ अर्ब ४० करोड विनियोजन । 

४ बर्ष अघि

२0७७ जेष्ठ १५ बिहीबार

कृषिमा ४१ अर्ब ४० करोड विनियोजन । 

काठमाण्डौ जेष्ठ १५ । सरकारले कृषि क्षेत्रका लागि ४१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक वर्षको बजेटभन्दा ७ अर्ब रुपैयाँ धेरै हो । बजेट सार्वजनिक गर्दे अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर ७ अर्ब रुपैयाँ बढाएर ४१ अर्ब ४० करोड रुपैयाँ पुर्याइएको बताउनुभएको छ । यस्तै सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र पालिकामार्फत परिचालन गर्ने नीति लिएको छ ।