बन्दाबन्दीमा कडाई गर्ने,बाहिर जिल्लाबाट आउने सम्पुर्ण सवारी साधनमा रोक लगाइयो । हेर्नुहोस सुचना सहित 

४ बर्ष अघि

२0७७ जेष्ठ १५ बिहीबार

बन्दाबन्दीमा कडाई गर्ने,बाहिर जिल्लाबाट आउने सम्पुर्ण सवारी साधनमा रोक लगाइयो । हेर्नुहोस सुचना सहित 

दृष्टिकोण समाचार जेष्ठ १५ दार्चुला ।  जिल्लाभरी बन्दाबन्दी खुकुलो भएको भन्दै स्थानीय प्रशासनले जिल्लाभरी बन्दाबन्दीलाई कडाई गर्ने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले सदरमुकाम खलंगामै कोरोना संक्रमण पुष्टि भएको भन्दै बन्दाबन्दीलाई थप कडाई गर्दै लैजाने निर्णय गरेको हो । बजारमा अनावश्यक रुपमा हिड्डुल गर्दा कोरोनाको जोखिम बढ्ने भन्दै आवतजावतमा कडाई गर्दै लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले जानकारी दिनुभयो । जसअनुसार जेठ १६ गते बाट जिल्लाबाहिरबाट ढुवानी हुने तरकारी तथा फलफुल, सवार िसाधनहरुको आवागमनलाई जिल्ला प्रवेशमा निषेध गरिएको छ । यस्तै जिल्लास्थित सार्वजनिक स्थान, बाटोघाटोमा थापेका सम्पूर्ण पसलहरु हटाउने तथा महाकाली नगरपालिका बजार क्षेत्रको अत्यावश्यक सेवा बाहेकका गतिविधि नियन्त्रणमा राख्ने र भिडभाड हुन नदिन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको कुवरले बताउनुभयो  । बजारमा अनावश्यक रुपमा हिड्डुल गर्ने भीडभाड गरेको पाइएमा संक्रमाक रोग ऐन २०२० अनुसार कार्वाहि गरिने प्रशासनले जनाएको छ । हेर्नुहोस सुचना सहित