नेपालमा थप १५६ जनामा संक्रमण पुष्टि संक्रमितको संख्या १ हजार नाघ्यो ।

४ बर्ष अघि

२0७७ जेष्ठ १५ बिहीबार

नेपालमा थप १५६ जनामा संक्रमण पुष्टि संक्रमितको संख्या १ हजार नाघ्यो ।

काठमाडौ जेष्ठ १५ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ४२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् । नेपालमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । यसअघि बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जा र बर्दियाका ३र३ जना, दोलखा र कैलाली २र२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एकरएक जना रहेका छन् । संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म १८७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै बुधबार थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुरको बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । पहिलेदेखि नै कलेजोसँग सम्बन्धित रोगले ग्रसित उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा एकरएक गरी ४ जनाको मृत्यु भइसकेको छ ।