बसको ठक्करबाट  घाईते धामीको निधन ।।

६ बर्ष अघि

२0७५ असार २0 बुधबार

बसको ठक्करबाट  घाईते धामीको निधन ।।

राम सिह धामी, दृष्टीकोण समाचार असार २० दार्चुला   सोमबार मालिकार्जुन गाँउपालीका वडा नं. ८ धामीगाडामा दार्चुला जिल्ला सदरमुकाम बाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५३०५ नम्बरको महाकाली यातायातको बसले ठक्करबाट घाईते चक्रसिह धामीको उपचारको लागी धनगडी लग्ने क्रममा निधन भएको छ ।

मालीकार्जुन ८ चैनपुर बस्ने चक्रसिह धामीलाई मालिकार्जुन गाँउपालिका ८ धामीगाडामा बसले दायाँ खुट्टामा चोट लागेको थियो ।  घाईते धामीलाई उपचारको लागी धनगडी लग्ने क्रममा बैतडि जिल्लामाको पन्ज्युनयाँ भन्ने ठाउमा निधन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बसचालक र महाकाली यातायातको बसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्रले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिएका छन ।