दार्चुलामा पहिलो पटक एक जनामा कोरोना संक्रमित पुष्टि ।हेर्नुहोस् विज्ञप्ति सहित

४ बर्ष अघि

२0७७ जेष्ठ १५ बिहीबार

 दार्चुलामा पहिलो पटक एक जनामा कोरोना संक्रमित पुष्टि ।हेर्नुहोस् विज्ञप्ति सहित

 रमेश खत्री जेष्ठ १५ दार्चुला । दार्चुलामा पहिलो पटक एक जनामा कोरोना संक्रमित पुुष्टि भएको छ । दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालमा गरीएको परीक्षणमा जिल्लाको महाकाली नगरपालिकाका २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो । महेन्द्र नमुना माविको क्वारेन्टाइनमा राखिएका उहाँलाई कोरोना सक्रमण पुष्टि भएपछि जिल्ला अस्पत्ताल दार्चुलाको आइसोलेसनमा राखिएको छ । भारतको दिल्लीबाट जेठ ८ गते धारचुला–दार्चुला नाकाबाट स्वदेश फर्किएका थिए । जेठ ८ गते उहाँसगँै धार्चुला नाका भएर १४ जिल्लाका ३१९ जना दार्चुला भित्रिएका थिए । भने दार्चुलाका मात्रै १२२ जना घर फर्किएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरका अनुसार ८ गते भारतको दिल्लीदेखि पिथौरागढका विभिन्न शहरमा मजदुरी गर्न गएका नेपालीलाई बिहान झोलुंगे पूल खुलाएर उद्धार गरिएको थियो । यस्तै दार्चुला भएर ९१ जना भारत गएका थिए । भने छांगर तिंकरका ११४ पुरुष र ७३ महिला त्यहि पुल भएर कुञ्चा सरेका थिए । हेनुहोस् विज्ञप्ति सहित)