कोरोना भाइरस बाट अमेरिकामा ज्यान गुमाउनेको सख्या एक लाख  नाघ्यो।

४ बर्ष अघि

२0७७ जेष्ठ १४ बुधबार

कोरोना भाइरस बाट अमेरिकामा ज्यान गुमाउनेको सख्या एक लाख  नाघ्यो।

 काठमाडौ जेष्ठ १४ ।  अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघेको छ ।बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको कारण एक लाख पाँच सय ७९ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ११ लाख ४४ हजार ७२७ जना उपचार गराइरहेकोमा १७ हजार भन्दा धेरै गम्भीर बिरामी छन् । २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका तीन लाख ५२ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । ५६ लाख ८१ हजारभन्दा धेरैमा सङ्क्रमण भएकोमा २४ लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।