आइसोलेसनमा राखिएका एक जनाको मृत्यु ।

४ बर्ष अघि

२0७७ जेष्ठ १४ बुधबार

आइसोलेसनमा राखिएका एक जनाको मृत्यु ।

कैलाली जेष्ठ १४ ।  सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।कैलालीका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।मंगलबार नै भारतको महाराष्ट्रबाट फर्किएपछि क्वरेन्टीनमा रहेका ती पुरुष मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । मृतकको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले बताउनुभयो ।सूचना अधिकारी श्रेष्ठका अनुसार ती व्यक्तिको आज बिहान ६ बजे मृत्यु भएको हो । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।