नदीमा काठेपूल लगाएर व्यासीको कुञ्चा उक्लियो ।

४ बर्ष अघि

२0७७ जेष्ठ १३ मंगलवार

नदीमा काठेपूल लगाएर व्यासीको कुञ्चा उक्लियो ।

दृष्टिकोण समाचार जेठ १३ दार्चुला दार्चुला जिल्लाकाे व्याँस गाउँपालिका वडा नम्बर  १ छाङ्गरुको पशुचौपायासहितको कुञ्चा महाकाली नदीमा अस्थायी काठेपूल लगाएर गाउँ उक्लिएको छ । तम्बाकु क्षेत्रमा महाकाली नदीमा काठेपूल लगाएर भारतीय बाटो हुँदै कुञ्चा व्यास उक्लिएको हो । 
व्यास गाउँपालिका २ को तम्बाकुसम्म नेपालको बाटो भएर छांगरुका स्थानीय एकसाता अघि कुञ्चा सरेका थिए । तर मौराभेल र तम्बाकु क्षेत्रमा बाटो नभएपछि उनीहरु बाध्य भएर भारतीय मार्गको प्रयोग गर्दै कुञ्चा सरेका हुन् ।
भारतीय पक्षसँगको आपसी सहमतिमा महाकाली नदीमा काठेपूल लगाएर छांगरुका कुञ्चा गाउँ उक्लिएको व्यासका स्थानीय बिमल बोहराले बताउनुभयो ।आफ्नै भूमि भएर गाउँ जान खोजेपनि नेपाल सरकारले समयमै बाटो बनाउन नसक्दा उनीहरुले भारतीय भूमि भएर जानुपरेको हो । हप्तौ दिनसम्म तम्बाकु क्षेत्रमा अड्कीएको कुञ्चा नदीमा पूल लगाएपछि भारतीय बाटोको प्रयोग गर्दै गाउँ पुग्ने तयारीमा छ ।  यो पटक बन्दाबन्दीका कारण कुञ्चा सर्न ढिलाई भएको थियो । वर्षौदेखि यो क्षेत्रमा निर्माण मर्मतको लागि बजेट विनियोजन हुँदै आएपनि बाटो मर्मत नगरी रकम खर्चिदा अहिले स्थानीयलाई समस्या भएको हो । भारतबाट स्वास्थ्यकर्मीसहितको टोली पठाएर उनीहरुको स्वास्थ्य चेकजाँच गर्दै भारत प्रवेश गराइएको छ । तम्बाकुमा महाकाली नदीमाथि अस्थायी काठेपूल लगाइएको हो । छाङ्गरुका कुञ्चा तम्बाकु भन्दा माथि जान नसक्ने अवस्था आएपछि भारतीय क्षेत्रमा रहेका सौका समुदायमार्फत पहल गरिएको बोहरा बताउनुहुन्छ । विगतमा वडाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले अनुमतिलाई भारतीय एसडिएम कार्यालयमार्फत स्वीकृत भएपछि मात्रै व्यास जान पाइन्थ्यो । तर यो पटक बन्दाबन्दीका कारण अनुमतीबीनै उनीहरु गाउँ गएका हुन् ।