नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुग्यो ।

४ बर्ष अघि

२0७७ जेष्ठ १२ सोमबार

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुग्यो ।

 काठमाडौ जेष्ठ १२ ।  नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको जनाएको हो ।नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३ जना, पर्साका १ जना, बाराका १ जना र बाराका मृतक वृद्ध गरी ७ जना रहेको बताए । सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।हालसम्म संक्रमितहरु मध्ये १ सय १२ जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९५ हजार १ सय ९२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५१ हजार ६ सय ४२ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेका छन् ।हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।