बैतडिमा पहिलाे व्यतिमा देखियाे कोरोना संक्रमण

४ बर्ष अघि

२0७७ जेष्ठ ९ शुक्रबार

बैतडिमा पहिलाे  व्यतिमा देखियाे कोरोना संक्रमण

दृष्टिकोण समाचार दार्चुला , कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए।

‘कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरेका थियौं, उनले भने,‘उनको स्वाब संकलन गरी धनगढी पठाएका थियौं। आज भर्खरै रिपोर्ट पोजिटिभ आएको छ।’
उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ। ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको थियो। शिवनाथ गाउँपालिका १ का २२ बर्षिय संक्रमित पुरुष चैत ६ गते भारतबाट नेपाल आएका थिए। उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडिलाइ समेत सिल गरिएको छ।