नेपाली सेनाले घाँटीबगर क्षेत्रबाट गोरेटो बाटो निर्माण सुरु

४ बर्ष अघि

२0७७ जेष्ठ ९ शुक्रबार

नेपाली सेनाले घाँटीबगर क्षेत्रबाट गोरेटो बाटो निर्माण सुरु

दृष्टिकोण समाचार दार्चुला 
नेपाली सेनाले व्यास गाउँपालिका–२ को घाँटीबगर क्षेत्रमा गोरेटो बाटो निर्माण सुरु गरेको छ । दार्चुला जिल्लाको व्याँस गाउँपालिकाको घाँटीबगर र मौराभेललगायतका क्षेत्रमा दुई मिटर चौडाइको ४ सय ५० मिटर गोरेटोे बाटो निर्माणको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीसहित सेना खटिएको हो । 
बिहीबार हेलिकोप्टमार्फत आवश्यक सामग्री घाँटीबगर नजिकै थी भन्ने क्षेत्रमा पु¥याइएको र शुक्रबारबाट बाटो निर्माणका काम सुरुवात गरिएकोे दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिनुभयो । यसका लागि दक्ष प्रावधिक जनशक्ति, थप सुरक्षा तथा बन्दोबस्तीको लागि आवश्यक फौज पु¥याउने काम शुक्रबार पनि जारी रहेको उहाँले बताउनुभयो । नेपाली भूमि भएर बाटो नहुँदा छाङरू र तिङ्करका सम्म आवतजावत गर्न सहजताका लागि शुक्रबारबाट नेपाली सेनाले गोरेटोबाट निर्माण गर्न थालेको छ ।  व्याँस गाँउपालिका वडा नं. १ छाङरू र तिङ्करका केही स्थानीयहरु बिहिबार भारतको बाटो भएर गएका छन भने केहि स्थानीयहरु नेपालको बाटो हुदै छाङरू जान थालेकाले नेपालबाट बाटो नहुदा छिटो भन्दा छिटो नेपालको बाटो सुचारु गर्ने उदेश्यले काम सुचारु गरिएको छ ।  घांटीबगर र मौरी भिर ईलाकामा पर्ने ४ सय ५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक खण्ड निर्माणको लागी नेपाली सेनाको प्रावधिक जनशक्ति सहित फौज घांटीबगर ईलाकाको थी ईलाकामा तैनाथ रहेकाे सेनाले जनाएको छ ।