सुदुरपश्चिम प्रदेश सरकारले लिम्पीयाधुरा सम्म तत्काल बाटो बनाउने ।

४ बर्ष अघि

२0७७ जेष्ठ ७ बुधबार

सुदुरपश्चिम प्रदेश सरकारले लिम्पीयाधुरा सम्म तत्काल बाटो बनाउने ।

 रमेश खत्री जेष्ठ ७ दार्चुला । सुदुरपश्चिम प्रदेश सरकारले नेपालकै भुमि भएर कालापानी लिपुलेक हुदै लिम्पीयाधुरा सम्म जाने बाटो बनाउने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । कालापानी लिम्पीयाधुरा लिपुलेक जाने बाटो नेपाल तर्फबाटै बनाउनुका लागि तत्काल बाटो निर्माण गर्न भौतिक पुर्वाधार विकास मन्त्रालयबाट व्याँस गाउँपालिकालाई ३० लाख रुपैँया दिने निर्णय गरेको भौतिक पुर्वाधार विकास मन्त्री पठान सिह बोहराले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरि स्थानीय उपभोक्ता मार्फत गाउँपालिकाकाले बाटो बनाउन लागेको हो । संघीय सरकारले घोरेटो बाटो निर्माण गर्ने अलग योजना भएपनि तत्काल नेपाली भूमीमा आवत जावत गर्न नेपाल बाटो नहुँदा स्थानीयले भोग्नुपरेको समस्यालाइ मध्यनजर गर्दै प्रदेश सरकारले यास्तो निर्णय गरेको दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य गेल्बु सिह बोहराले जानकारी दिनुभयो ।