स्थानीयले श्रमदान गरेर मन्दीरको पर्खाल निर्माण गरे । 

४ बर्ष अघि

२0७७ जेष्ठ ७ बुधबार

स्थानीयले श्रमदान गरेर मन्दीरको पर्खाल निर्माण गरे । 

गणेश धामी जेष्ठ ७ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्याशिखर नगरपालिकाको सिमानामा रहेको रानीबास मन्दिरको पर्खाल स्थानीयहरुले श्रमदान गरि निमार्ण गरेका छन् । पछिल्लो समय सार्वजनिक महत्वका स्थानहरुमा सरकारी बजेट खर्च गर्ने परिपाटीलाई अन्त्य गर्दै स्थानीयहरुले मन्दीरको पर्खाल निर्माण गरेका हुन् । स्थानीय जयसिह धामीको नेतृत्वमा बैशाख २५ देखि काम सुरु गरेर स्थानीय १० जनाले श्रमदानमा मन्दीरको पर्खाल निर्माण गरेकोे मालिकार्जुन गाउँपालिकाका स्थानीय जयसिह धामीले जानकारी दिनुभयो ।