देशका धेरैजसो ठाउँमा मेघगर्जनसहित वर्षा हुने । 

४ बर्ष अघि

२0७७ जेष्ठ ७ बुधबार

देशका धेरैजसो ठाउँमा मेघगर्जनसहित वर्षा हुने । 

काठमाण्डौ जेष्ठ ७  । बुधबार देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षा हुने मौसमविद्ले बताएका छन् । अंपुन चक्रवातको प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने उहाँले बताउनुभयो । आज बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । चक्रवातको प्रभाव ३र४ दिन रहने भएकोले अबका केही दिन मौसम केहीबेर खुले पनि बादल तथा सामान्य वर्षा पनि हुने महाशाखाले जनाएको छ । अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।