धाप नजिक महाकाली नदिमा हामफालेर एक महिला बेपत्ता ।

४ बर्ष अघि

२0७७ जेष्ठ ४ आईतवार

धाप नजिक  महाकाली नदिमा हामफालेर एक महिला बेपत्ता ।

दृष्टिकोण समाचार जेठ ४ दार्चुला , महाकाली नदिमा हाम फालेकी एक महिला बेपत्ता भएकी छन् । दार्चुला जिल्ला  महाकाली नगरपालिका‐७ थालीगाडकी ३३ वर्षिय कुस्मा थापा नदिमा हाम फालेर बेपत्ता भएकी हुन् । थापाले आइतबार मध्यान्ह करिव १२बजे तिर थालीगाड  नजिकबाट महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनु भयो । नदिमा हाम फालेकी थापाको खोजी कार्य भैइरहेकाे छ । थापाले नदिमा किन हाम फाले भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।थापाको खोजीकार्य गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर बिष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक पदम बहादुर बिष्ट लगायतको टोली घट्ना स्थलमा पुगी खाेजिकार्य भईरहेकाे छ ।