नेपलमा काेराेनाबाट एकजना महिलाको मृत्यु ।

४ बर्ष अघि

२0७७ जेष्ठ ३ शनिबार

नेपलमा काेराेनाबाट एकजना महिलाको  मृत्यु ।

दृष्टिकोण समाचार, नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हाे ।

उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि निकाे नभएपछि बिहीबार धुलिखेल लगिएकाे  थियो ।

धुलिखेल अस्पताल पुग्नु भन्दा पहिले नै उनको मृत्यु भएको अस्पतालले जनाएको  छ ।  कोरोनासाग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अाएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै भएकाले महिलाको मृत्युु काेराेनाबाटै भएको मन्त्रालयले जनाएको छ ।