काेराेना संक्रमितको संख्या २ सय ६७ पुग्यो लकडाउन खुकुलो बन्दै

४ बर्ष अघि

२0७७ जेष्ठ २ शुक्रबार

काेराेना संक्रमितको संख्या २ सय ६७ पुग्यो लकडाउन खुकुलो बन्दै

दृष्टिकोण समाचार , नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमिति भेटिएका हुन् । यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । याे सँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ । तर नेपालमा बन्दा बन्दीलाई भने खुकुलो बन्दै गईरहेकाे छ । जिल्ला प्रशासन तथा स्थानीय तहहरुबाट अन्दाधुन्द सवारी पास बितरण हुदा समान बाेक्ने गाडी टिप्पर,ट्रक र टेक्टरहरुमा समेत मान्छेहरु अाहाेर दाेहाेर गर्नाले पनि संक्रमितको संख्या बृद्धि हुन थालेको स्थानीयहरुकाे अाराेप छ ।