भारतले अतिक्रमण गरेको भुमिलाई समाबेश गरि नयाँ नक्सा तयार गरिने

४ बर्ष अघि

२0७७ जेष्ठ २ शुक्रबार

भारतले अतिक्रमण गरेको  भुमिलाई समाबेश गरि नयाँ नक्सा तयार गरिने

 दृष्टिकोण समाचार ,   सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गरेको  छ ।  सरकारी अधिकारीहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन । तर अधिकारीहरुले दिएकाेे जानकारी लाई अाधार मानि नेेपालीकोनयाँ नक्सा  छिटैै तयार  पारि सार्वजनिक गर्नु अावश्यक छ ।