बिओपी स्थापना संगै सिमा क्षेत्रमा गस्ती सुरु  

४ बर्ष अघि

२0७७ जेष्ठ २ शुक्रबार

बिओपी स्थापना संगै सिमा क्षेत्रमा गस्ती सुरु  

दृष्टिकोण समाचार   दार्चुला,दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्रको करिब १६ किलोमिटर भित्र   व्याँसको छाङ्गरुसशस्त्र प्रहरीको बिओपी  स्थापना गरिए संगै बिहीबारबाट सिमा क्षेत्रमा गस्ती सुरु  गरिएको छ । 
सशस्त्र प्रहरी निरिक्षक लिली बहादुर चन्दको नेतृत्वमा भारत संग सिमा जोडिएको सितापुल लगायका क्षेत्रमा गस्ती सुरु गरिएको हो । गृहमन्त्रालयको निर्णय अनुसार बुधबार सशस्त्र प्रहरीको टोलि व्याँस गाँउपालिकाको वडा नं.१ मा पुगी बिओपि स्थापना गरिएको थियो  । मङ्सिर महिनामा नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि अहिले सम्म त्रीदेशिय सिमानाकामा नेपाल सरकारको उपस्थीति हुन सकेको थिएन । भारतले एकहप्ता पहिलो नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले व्याँस गाँउपालिका वडा नं.१  छाङ्गरु नजिक गागामा सशस्त्र प्रहरीको बिओपी स्थापना गरेको हो ।ढिलै भएपनि नेपाल सरकारले त्रीदेशिय सिमानामा राज्यको उपस्थीति जनाएकोमा स्थानीयहरुमा केही सहजता भएको महसुस गरेका छन । विओपि स्थापना पछि भारत संग सिमाना रहेको सितापुल, गागा, कौवा र तिङकर लगायतका क्षेत्रमा आफनो गस्ती सुरु गरेको सशस्त्र प्रहरीले जनाएको छ ।