सिमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी  स्थापना 

४ बर्ष अघि

२0७७ बैशाख ३१ बुधबार

सिमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी  स्थापना 

दृष्टीकोण समाचार दार्चुला ,दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्रको करिब १६ किलोमिटर भित्र   व्याँसको छाङ्गरुसशस्त्र प्रहरीको बिओपी  स्थापना गरिएको छ । 
गृहमन्त्रालयको निर्णय अनुसार बुधबार सशस्त्र प्रहरीको टोलि व्याँस गाँउपालिकाको वडा नं.१ मापुगी बिओपि स्थापना गरेका हुन । मङ्सिर महिनामा नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि अहिले सम्म त्रीदेशिय सिमानाकामा नेपाल सरकारको उपस्थीति हुन सकेको थिएन । भारतले एकहप्ता पहिलो नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले व्याँस गाँउपालिका वडा नं.१  छाङ्गरु नजिक गागामा सशस्त्र प्रहरीको बिओपी स्थापना गरेको हो । बुधबार व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने निणर्यअनुसार सशस्त्र प्रहरी  नं ५० गुल्मबाट २५ जनाको टोलि ६ महिनाको बनान्दो वस्तीका समानहरु सहित सुरक्षा कर्मीहरु पाठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भयो । अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाएको सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्टले बताउनु भयो ।  सशस्त्र प्रहरीको टोली बस्ने ठाउँ, घर र अन्य बन्दोबस्तीका समानहरु सहित अस्थायी रुपमा घर भाडामा लिई बिओपि स्थापना गरिएको छ ।  ६ महिना पुग्ने खाद्यान्न, तारबार, इन्धन, सोलार र अन्य बन्दोबस्तीको सामान लिएर ६ महिनाका लागि सशस्त्र प्रहरी बल छाङ्रुस्थित स्थानीयको घरमा भाडामा बस्ने गुल्म पति विष्टले बताउनु भयो । व्यासको छाङरुमा प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी टोली पहिलो पटक तैनाथ गरिएको छ । छाङरुमा सशस्त्र प्रहरी चौकी स्थापना गर्न एआइजी नारायणबाबु थापा, डिआइजी हरिशंकर बुढाथोकी र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई दार्चुला पुगेका छन्।  भारतले नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र समावेश गरेको ६ महिनापछि नेपाली भूभाग मिचेरे चीनको सीमा जोड्न गरी सडक निर्माण गरेसँगै अहिले देशभरी विरोधको आवाज उठिरहेको छ । ढिलै भएपनि नेपाल सरकारले त्रीदेशिय सिमानामा राज्यको उपस्थीति जनाएकोमा स्थानीयहरुमा केही आसापलाएको छ ।