नेपाली भुमि भएर छांङरु र तिंकर जन पाउँ भन्दै आन्दोलित

४ बर्ष अघि

२0७७ बैशाख ३0 मंगलवार

नेपाली भुमि भएर छांङरु र तिंकर जन पाउँ भन्दै आन्दोलित

दृष्टिकोण समाचार दार्चुला , दार्चुला जिल्लाको व्यासबासीले राष्ट्यिताको मुद्धा भन्दा पनि आफ्नो भूमी भएर गाउँ जान पाउँ भन्दै आन्दोलित भएका छन । 
देश अहिले लकडाउनमा रहेकाले भारतीय भुमि भएर व्याँस गाँउपालिकाको छाङरु र तिंकर सम्म जान असहज भएकाले कुन्जा सार्न समस्या भएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा नाराबाजि गरेका हुन ।   व्याँस गाउँपालिका वडा नं. १ छांगरु र  तिंकर सम्म पुग्ने नेपालको बाटो प्रयोग हुन्थ्यो । भारतीय नागरिक पनि दार्चुला हुँदै कैलाश मानसरोवरको दर्शनको लागि जाने गरेका थिए, तर अहिले भारतीय सरकारले सडक निर्माण गर्दा नेपाल तर्फकोबाटो भत्कीएपछि नेपालको भुमि भएर आफनो गाँउ जाने व्यवस्थापनको लागि माग सहित नाराबाजि गर्दो प्रशासन कार्यालयमा जानु परेको  स्थानीय नागेन्द्र सिह तिंकरीले भन्नुभयो । गत मंसिरमा खलंगा झरेका व्यासीहरुले बाटो नहुँदा कुञ्चा सर्न पाएका छैनन् । कुञ्चा सर्ने बेला घर्किसक्यो, तर अहिले बन्दाबन्दीले गाउँ जान पाएका छैनौं हामीहरुको समस्या समाधानका लागि आज गाई, गारु, चौरीगाई सति नारावाजि गर्दो  जिल्ला प्रशासन कार्यालय दार्चुलामा आएको  स्थानीय धनीराम ऐतवालले बताउनु भयो । व्यास गाँउपालिका वडा नं.१का सबै नागरिकलाई हाम्रै भूमि भएर कुञ्चा सर्न पाउनु पार्छ, व्याँस सम्मको घोरेटोबाटो त्तकाल निर्माण गर, व्याँसका कृषकहरुलाई छेतिपुर्तिको व्यवस्था गर लगायतका माग सहित मंगलबार सौका समुदायका नागरिकहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन । 


राज्यको उपस्थिती नहुने ठाउँमा व्यासबासीले सीमानाकामा पहरेदारको भूमिका खेलेका थियौँ तर अहिले बन्दापन्दीले भारतको बाटो भएर पनि उता सम्म पुग्न समस्या हुने गरेकाले तीनवटै सरकाले पहल कदमी चालिदिन माग सहित जिल्ला प्रशासन कार्यालयमा पुगेको नेपाली कांग्रेसका सभापती तथा व्याँसका स्थानीय ललित सिह बोहोराले बताउनु भयो । वैशाख पहिलो साताभित्रै कुञ्चा सर्ने व्यासीहरुलाइ अहिले आफ्नै भूमि भएर गाउँ जान नपाएकोमा चिन्ता व्यक्त  गरेका छन । तर प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले व्याँस सम्मको बाटो निमार्णको जिम्मा नेपाली सेनालाई दिएको र व्याँसका स्थानीयहरुको माग छिटै सम्बोधन गरिने बताउनु भताउनु भयो । भारतीय पक्षले सडक निमार्ण सुरु गरेदेखि अवरुद्ध रहेको घोरेटोबाट एक दशक वितिसक्ता समेत नेपाली भुमिभएर व्याँस सम्म जान बाटो घाँटो नहुदा अहिले व्याँसका स्थानीयहरुलाई समस्या भएको छ । विगत लामो समय देखि व्याँसका स्थानीयहरु भारतको बाटो भएर ६ महिना जिल्ला सरमुकाम र ६ महिना व्याँस गाँउपालिकाको वडा नं. १ छाङरु र तिंकरमा बसोबास गर्दो आएका छन् ।