कालापानी भन्दा करिव १६ किलोमिटर भित्र गागामा सशस्त्र प्रहरी

४ बर्ष अघि

२0७७ बैशाख २९ सोमबार

कालापानी भन्दा करिव १६ किलोमिटर भित्र गागामा सशस्त्र प्रहरी

दृष्टिकोण समाचार , दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्रकाे करिब १६ किलोमिटर भित्र   नजीकै सशस्त्र प्रहरीको बिओपी  स्थापना हुने भएको छ । मङ्सिर महिनामा नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो । भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्याँसको छाङ्गरु नजिक गागा भन्ने ठाउँमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो ।

बुधबार व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी  नं ५० गुल्म दार्चुुुुलाका सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले जानकारी दिए । ‘गागामा सशस्त्र प्रहरी पठाएर बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले बताउनु भयो । अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने तयारी भएको विष्टको भनाइ छ ।