चट्याङ लागेर घरमा क्षति

४ बर्ष अघि

२0७७ बैशाख २८ आईतवार

चट्याङ लागेर घरमा क्षति

दृष्टिकोण समाचार , दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिका वडा नं.४ मा चट्याङ लागेर घरमा क्षति गरेको छ । 
आईतबार साँझ ५ बजे तिर हुनैनाथका विरसिह धामीको घरमा चट्याङ परेर एक भैँसि मरेको हो । हावाहुरी सँगै परेको चट्याङले विजुलिको वाईरिङ, विद्युतको मिटर बक्स, टिभि सहित घरभित्रका अन्य सामाग्रीहरु जलेर नस्ट भएका छन ।  चट्याङ लागेको जानकारी पाउना साँथ प्रहरी चौकि पस्तीबाट टोलि खटाईएको र घटनाको मुजुलका उठाईरहेकाले क्षतीको बिवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उक्त चट्याङले मानविय क्षति भने भएको छैन ।