विहान चार घण्टा मात्रै अत्यावश्यक सामाग्रीको पसल खुल्ने हेर्नुहाेस् सुचना सहित

४ बर्ष अघि

२0७७ बैशाख २५ बिहीबार

विहान चार घण्टा मात्रै अत्यावश्यक सामाग्रीको पसल खुल्ने हेर्नुहाेस् सुचना सहित

दृष्टिकोण समाचार वैशाख २६ दार्चुला । भोली देखी विहान चार घण्टा मात्रै अत्यावश्यक सामाग्रीको पसल खुल्ला रहने जनाइएको छ । सरकारले जेठ ५ गते सम्म थप गरेको लकडाउनलाई पुर्ण रुपमा पालना गर्ने गरी विहान ६ बजे देखी १० बजे सम्म चार घण्टा मात्रै पसल खुल्ला राख्न दिने गरि जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै जानकारी दिएको छ । यस अघि विहान ७ बजे देखी १० बजे सम्म तथा बेलुकी ५ बजे देखी ७ बजे सम्म खुल्ला गर्ने निर्णय गरिएको भए पनि बिहीबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले बिहान ६ बजे देखि १० बजे सम्म चार घण्टा मात्रै अत्यावश्यक सामाग्रीको विक्री वितरण गर्न सुचना जारी गरेको छ ।  विहान भन्दा बेलुकाको समयमा बजारमा बढी भिड बढेको भन्दै अब देखी विहान मात्रै अत्यावश्यक सामाग्रीका पसलहरुलाई खोल्न दिइने सुचनामा जनाइएको छ । अर्को आदेश नभए सम्मका लागि बिहानको समयमा मात्रै अत्यावश्यक सामाग्रीका पसल खुल्ला गर्न व्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गदै आग्रह गरेको छ ।