अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने सरकारको निर्णय

४ बर्ष अघि

२0७७ बैशाख २४ बुधबार

अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने सरकारको निर्णय

 बैशाख २४ काठमाडौं ।  सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय समेत गरेको छ । बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।