जिल्ला प्रशासन कार्यालय बाट जारी सबै पास रद्द। हेर्नुहाेस् सुचना सहित

४ बर्ष अघि

२0७७ बैशाख २३ मंगलवार

जिल्ला प्रशासन कार्यालय बाट जारी सबै पास रद्द। हेर्नुहाेस् सुचना सहित

दृष्टिकोण समाचर बैशाख २३ दार्चुुुुला जिल्ला प्रशासन कार्यालय दार्चुलाले दार्चुलाबाट बाहिर छुट्ने विरामी बोक्ने बाहेकका सवारी साधनको पास रद्द गरेको छ ।बाहिरी जिल्लाबाट हुने आवागमनलाई कडाई गर्नका लागी जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी जिल्ला बाहिर सञ्चालन हुने सवारी पासहरु रद्द गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।यस निर्णयले जिल्ला भित्र सञ्चालनमा रहेका सवारी साधनको पासमा भने असर नपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।दार्चुलामा तत्कालका लागी खाद्यान्नको अभाव हुने अवस्था नभएकाले  अर्काे निर्णय नहुञ्जेल बाहिरी जिल्लामा सञ्चालन हुने सवारी पासहरु रद्द गरिएको उहाँको भनाई छ ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले यसअघि खाद्यान्न वस्तु, यात्रु ओसार्न, निर्माण सामाग्री ढुवानी तथा निर्माण कार्य सुचारु गर्न लगायतमा अनुमति पास जारी गरेको थियो ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबारदेखि नै लागू हुने गरी अर्को व्यवस्था नगरिसम्म सवारी साधनहरुलाई दिइएको सवारी पास रद्द गरिएको जनाएको छ ।