५ सय १ घरधुरीलाई राहत वितरण ।

४ बर्ष अघि

२0७७ बैशाख २३ मंगलवार

५ सय १ घरधुरीलाई राहत वितरण ।

दृष्टिकोण समाचार बैशाख २३ दार्चुला  । दार्चुला जिल्लाकाे मार्मा गाउँपालिकाले लकडाउनको अवधिमा ५ सय १ घरधुरीलाई राहत वितरण गरेको छ । डेढ महिना बढि लामो लकडाउनको समयमा गाउँपालिकाले अति गरिब, असंगठित श्रमिक, असहाय, र गाउँपालिकाभरीका दलित परिवारलाई तीन चरणमा राहत वितरण गरेको हो । चैत १० गतेदेखि देशमा लकडाउन शुरु भएको थियो । गाउँपालिकालाई असंगठित क्षेत्र, अतिविपन्न परिवार छुट्याउँदै तीन चरणमा राहत वितरण गरेको हो । मार्मा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सुरेन्द्र महताका अनुसार गाउँपालिकाले पहिलो चरणमा ४५ घरधुरी, दोस्रो चरणमा २३५ घरधुरीलाई राहत वितरण गरेको छ । दोस्रो चरणमा २३४ घरधुरी दलित समुदायका हुन् ।  यस्तै तेस्रो चरणमा २२१ घरधुरीलाई राहत वितरण गरिएको  छ। तीन चरणमा गाउँपालिकाले १३ हजार ६३१ केजी चामल, १ हजार ३९० केजी दाल, ९२५ केजी नुन, ९२५ लिटर तेल, १ क्वीन्टल चिनी र २ हजार ३० गोटा नुहाउने साबुन वितरण गरिएको अध्यक्ष महताले बताउनुभयो ।