शनिबार महाकाली नगरपालिकामा ४२ जानाको आरडिटि टेस्ट । 

४ बर्ष अघि

२0७७ बैशाख २0 शनिबार

शनिबार महाकाली नगरपालिकामा ४२ जानाको आरडिटि टेस्ट । 

रमेश खत्री बैशाख २० दार्चुला । कोरोना भाइरस कोभिड–१९ सक्रमण बढिरहेका बेला जिल्ला अस्पताल दार्चुला र महाकाली नगरपालिकाको संयोजनमा आरडिटि गरिएको छ । जिल्लामा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी , सञ्चारकर्मी र स्वयमसेविकाहरु गरि कुल ४२ जनाको शनिबार आरडिटि टेस्ट गरिएको हो । जिल्लामा कृयासिल रहेका स्वास्थ्यकर्मी सुरक्षा क्रमि पत्रकारहरुको आरडिटि गरिएको र सबैको नेगेटिभ रहेको जिल्ला अस्पताल दार्चुलाका ल्याप प्रमुख दिपक राज विष्टले बताउनु भयो । जस मध्ये स्वास्थ्यकर्मी ७ जना पत्रकार ६ जना सशस्त्र प्रहरी १२ जना नेपाल प्रहरी ९ जना महाकाली नगरपालिकाको क्वारेन्टाइनमा रहेका १ जना अन्य ७ जनाको आरडिटि रिर्पोट निगेटिभ रहेको प्रमुख विष्टको भनाई रहेको छ । अहिले सम्म महाकाली नगरपालिका क्षेत्र भित्रका १ सय ४३ जनको आरडिटि टेस्ट गरिएको र स्वाव टेस्ट १ सय ११ जनाको गरिएकाले हाल सम्म परिणाम हेर्दा नेगेटिभ रहेको महाकाली नगरपालका स्वास्थ्य सयोजक लालजिरा रावत भट्टले जनकारी दिनभयो ।