२ हजार ५ सय ९५ जना नेपाल प्रवेश ।

४ बर्ष अघि

२0७७ बैशाख १८ बिहीबार

२ हजार ५ सय ९५ जना नेपाल प्रवेश ।

दृष्टिकोण समाचार  बैशाख १८ दार्चुला ।  दार्चुला र बैतडीको सीमानाकाबाट २ हजार ५सय ९५ जना भारतीय क्वारेन्टीनमा रहेका नेपाली नागरिक नेपाल भित्रिएका छन । कोरोना भाईरस (कोभिड -१९) को संक्रमणको जोखिका कारण सरकारले सिमा नाका बन्द गरेपछि उनीहरु एक महिना पहिले  देखि सीमापारी भारतिय क्वारेन्टानमा रहेका थिए ।बिहिबार भारतमा  रहेका नेपालीको  स्वास्थ्य परिक्षण गरि नेपाल ल्याईएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । सदरमुकाममा रहेको पुलघाँट नाकाबाट ३ सय ७६ जना र महाकाली नगर पालिकाकाे दत्तु नाकाबाट ९ सय २० जनालाई अाज उद्वार गरिएको हाे त्यसैगरी बैतडी जिल्लाकाे झुलाघाँट नाकाबाट    १ हजार २सय ९९ जनालाई नेपाल भित्रिएका हुन । उनीहरुको सामान्य स्वास्थ्य परिक्षण गरी सम्बन्धित स्थानिय तहहरुले निर्माण गरेका क्वारेन्टानमा बस्ने गरी सबै नागरिकहरुलाई गृहजिल्ला पठाएको  प्रमुख जिल्ला अधिकारी पाैडेलले बताउनु भयो ।