धार्चुलामा रहेका नेपाली मजदुरको उद्धार हुदै ।

४ बर्ष अघि

२0७७ बैशाख १८ बिहीबार

धार्चुलामा रहेका नेपाली मजदुरको उद्धार हुदै ।

दृष्टिकोण समाचार बैशाख १८ दार्चुला ।एक महिना देखि धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको उद्धार  बिहीबार हुँदै छ । क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्ह बसेको बैठकले बिहीबार बिहान उद्धार गरिने भएको हो ।सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक पटक छलफल भएपनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन् । बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उद्धारको लागि तयारी भएको हो । उनीहरुलाई आज बिहान ७ बजेदेखि उद्धार शुरु हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपाली एक महिनादेखि बसिरहेका छन् । उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिन देखि दार्चुलापुगेका छन् । दार्चुलामा क्वारेन्टाइनको तयारी अवस्थामा राखिएका छन् । उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन खबर आएको यातायात व्यवसायी दार्चुलाका लवराज अवस्थीले बताउनुभयो । धार्चुलामा रहेका नेपाली उद्धारपछि सम्बन्धित ठाउँमा पुर्याउनको लागि तयारी अवस्थामा बस्नुहोला भन्ने जानकारी आएको छ, अवस्थीले भन्नुभयो ।धार्चुलामा रहेका नेपालीलाई दुई वटा नाकाबाट ल्याईदैछ । धार्चुलामा १० जिल्ला नागरिक बसेका छन् । बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने प्रजिज पौडेलले बताउनुभयो ।
उनीहरुलाई सीमा क्षेत्रमा चेकजाँच पछि प्रवेश दिइने, उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ । बैतडी र बझांगलाई आजै पठाइने छ । सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीको रहोबरमा उनीहरु जाने छन् ।