भारतकाे क्वारेन्टाइनमा राखिएका धामीले महाकालीमा हाम फाले पछि ।

४ बर्ष अघि

२0७७ बैशाख १७ बुधबार

भारतकाे क्वारेन्टाइनमा राखिएका धामीले  महाकालीमा हाम फाले पछि ।

रमेश खत्री बैशाख १७ दार्चुला  भारतकाे क्वारेन्टाइनमा विगत एक महिनादेखी सिमावर्ति क्षेत्र धार्चुलामा रहेका नेपाली मजदुरहरु दिनानुदिन जोखिम मोलेर स्वदेश फर्कदै छन् । यस्तै बुधवार दिउँसो धारचुलाको क्वारेन्टाइनमा बसेका मालिकार्जुन गाउँपालिका ८ का ३८ वर्षीय गोपाल सिंह धामीले महाकाली नदिमा हाम फालेका छन् ।नदीमा पौडिन नआएपछि डुबेका धामीलाई भारतका स्थानियहरु र भारतीय प्रहरीले महाकाली नदी बाट उद्धार गरि राहत शिविरमै लगेको भारतीय प्रहरीले जनाएको छ ।नेपाल आउनका लागी महाकालीमा पौडिन लागेको अवस्थामा भारतीय प्रहरीले फिर्ता लगि मिनि स्टेडियम धार्चुलामा रहेको क्वारेन्टाइनमा राखेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । भारतीय स्रोतका अनुसार महाकाली नदीमा हाम फालेर नेपाल आउन खोज्ने धामी मानसिक समस्या बाट पिडीत रहेको बताइएको छ ।