छुट्टा छुट्टै सवारी दुर्घटनामा ८ जना घाईते 

६ बर्ष अघि

२0७५ असार २0 बुधबार

छुट्टा छुट्टै सवारी दुर्घटनामा ८ जना घाईते 


राम सिह धामी,  असार १९,दार्चुला  । सोमबार तिन ठाउँमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परि ८ जना घाईते भएका छन ।  मालिकार्जुन गाँउपालीका वडा नं. ८ धामीगाडामा दार्चुला जिल्ला सदरमुकाम बाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५३०५ नम्बरको महाकाली यातायातको बसले ठक्कर दिँदा मालीकार्जुन ८ चैनपुर बस्ने चक्रसिह धामी घाईते भएका हुन् । घाईते धामीलाई उपचारको लागी धनगडी लगीएको पारिवारीक स्रोतले जानकारी दिनएका छन । आजै महाकाली नगरपालीका वडा नंं. ७ मा विहान र बेलुकी गरि दुईवटा जिप दुर्घटना भएका छन् । उक्त दुर्घटनामा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 


सोमबार विहान ७ बजे म १ ज २६८ नम्बरको जिप दुर्घटनामा परि ६ जना घाईते भएका छन । जस्मा महाकाली नगरपालीका वडा नं. ८ बस्ने रुपसी धामी , वडानं. ७ का रमेश सिह रैखोलाको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ भने  अन्य ४ जनाको स्वास्थ्य चौकि धापमा उपचार पछि घर फर्किएका छन ।  त्यसैगरि बेलुकि ६ बजे महाकाली नगरपालीका वडा नं. ७ मा से २ प ४९२३ नम्बरको जिप अनियन्त्रीत भई दुर्घटना भएको र महाकाली नगरपालीका ६ का जिप चालक जेनिश जोशी घाईते भएका छन । घाईते जोशीको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनु भयो । 
जिप र बस चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिएका छन ।