महाकाली तरेर नेपाल प्रवेश गर्नेको संख्या बढदै एकै दिन १६ जना नेपाल प्रवेश ।

४ बर्ष अघि

२0७७ बैशाख १७ बुधबार

महाकाली तरेर नेपाल प्रवेश गर्नेको संख्या बढदै एकै दिन १६ जना नेपाल प्रवेश ।

 रमेश खत्री बैशाख १७ दार्चुला । महाकालीमा ट्युव तरेर एकै दिन १६ जना मजदुर नेपाल भित्रिएका छन । पुल खुल्ने अवस्था नभएपछि नेपालीहरु आफ्नो ज्यानको बाजी राखेर घर फर्किने क्रम बढेको हो । बुधबार विहान दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ चुच्चैमा ट्युव तरेर १६ जना नेपाल प्रवेश गरेका छन । भारतको मदकोट क्षेत्रमा काम गरि फर्किएका बैतडी डिलाशैनी गाउपालिका वडा नम्बर ४ का अमर नेगी,सरेन्द्र नेगी,पुष्कर विष्ट सरेन्द्र नेगी,डिलाशैनी वडा नम्बर ३ का खेमराज बोहरा,रमेश बोहरा, इश्वर नेगी, लोकेन्द्र भण्डारी, काशी बोहरा, दलबहादुर भण्डारी बीरसिह धामी बलबीर बोहरा, डिलाशैनी वडा नम्बर ७ का विर बहादुर कार्की,पुर्चैडी नगरपालिका वडा नम्बर १० का कर्ण बहादुर विष्ट र दार्चुला नौगाड गाउँपालिका वडा नम्बर ६ का विरेन्द्र ठगुन्ना रहेका छन । भारतको धार्चुला क्षेत्रमा रहेका नेपालीहरु पुल खुल्ने अनिश्चित भएका कारण दिनहु नदी तरेर आउन थालेका छन । मंगलबार मात्र ८ जना नेपाली व्याँस गाउँपालिका १ जना माल्पा हुदै नेपाल भित्रिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एंव प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनु भयो । प्रहरीका अनुसार पछिल्लो एक सातामा ७२ जना नेपाली नेपाल भित्रिएका छन ।