दार्चुलामा लकडाउन खुकुलो पारिदै हेर्नुहाेस सुचना सहित ।

४ बर्ष अघि

२0७७ बैशाख १६ मंगलवार

दार्चुलामा लकडाउन खुकुलो पारिदै हेर्नुहाेस सुचना सहित ।

 दृष्टिकोण समाचार बैशाख १६ दार्चुला ।दार्चुला  जिल्लामा लकडाउन खुकुलाे पारिएकाे छ ।  जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले अत्यावश्यकीय सामाग्रीको आपूर्तिलाई सहज बनाउन भन्दै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।जिल्ला संकट व्यवस्थापन केन्द्रले लकडाउन अवधिमा पसल खोल्ने समय बढाइएको छ । यसअघि बिहान ७ बजेदेखि ९ बजेसम्म पसल खुला हुँदै आएकोमा प्रशासनले मंगलबार देखि दुई समय खोल्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला संकट ब्यवस्थापन केन्द्र को बैठकले ३ घण्टा विहान (७ देखि १० बजेसम्म) र २ घण्टा बेलुका (५ देखि ७ बजेसम्म) अत्यावस्यक सामग्रीका पसलहरु खोल्ने निर्णय गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले दैनिक उपभोग्य खाद्यान्न सामग्री र ग्यास पसलहरु, तरकारी तथा फलफुलजन्य पसलहरु, दुध पानी अण्डा र मासु पसलहरु, कृर्षि सामाग्री वीउ, मल, विषादी र पशुपन्छीका दाना भएका पसलहरु, औषधी मेडिकल तथा सर्जिकल औजार उपकरण सम्बन्धी पसलहरु खुला रहने निर्णय गरेको जानकारी दिनुभयो ।हेर्नुहाेस् सुचना