किशाेरी मृत्यु प्रकरणमा दुई जना पक्राउ ।

४ बर्ष अघि

२0७७ बैशाख १६ मंगलवार

किशाेरी मृत्यु प्रकरणमा दुई जना पक्राउ ।

डी  आर  भट्ट वैशाख ,१६ बैैैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले किशोरी मृत्यु प्रकरणमा दुई जनालाइ पक्राउ गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका ४ महरगाउँकी १९ बर्षीय किशोरी गीता महर मृत्यु अवस्थामा फेला परेपछि प्रहरीले छानबिन तथा अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीषक प्रहरी प्रवक्ता किसन चन्दले जानकारिदिनुभएको छ । पीडीत पक्षले दिएको उजुरीको आधारमा शिवनाथ गाउँपालिका २ का २२ बर्षीय अमरसिंह साउँद र १९ बर्षीय सरस्वती साउँदलाई घटनाबारे छानबिन तथा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी प्रवक्ता किसन चन्दले बताउनुभएको छ ।गीताको शव सोमबार शिवनाथ गाउँपालिका २ पोखरकोटको दोगडाखोलाको किनारमा नग्न अवस्थामा भेटिएको थियो । पक्राउ परेका अमरसिंह साउँद महरका प्रेमी रहेको र सरस्वती अमरकी बहिनी रहेको स्रोतलाइ उद्तगर्दै प्रहरीले जनाएको छ ।पक्राउ परेका साउँदले गीतालाई आफूहरुले भगाएको र एक्कासी खोलामा पुग्दा पानी परेपछि खोलाको बाढीले बगाएका बयान दिएका प्रहरीको भनाइ छ । घटनाको अनुसनधानका लागि प्रहरी निरीक्षक गौरीप्रसाद जैशीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत फेला परेकी गीताको शव पोस्टमार्टम पछि आफन्तलाई जिम्मा लगाएको छ । पोस्टमार्टमको रिपोट भने आउन बाँकी रहेको छ ।