३१ गते सम्म सीमानाका बन्द हुँदै ।

४ बर्ष अघि

२0७७ बैशाख १५ सोमबार

३१ गते सम्म सीमानाका बन्द हुँदै ।

काठमाडौं, १५ वैशाख । सरकारले सीमा नाकामा मानवीय आवतजावत ३१ गतेसम्म बन्द गर्ने भएको छ ।  मन्त्रिपरिषद्को बैठकले वैशाख ३१ गतेसम्म नेपालसँगका सबै सीमा नाकामा नागरिकको आवतजावत गर्न रोक लगाएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारले हवाई उडान  जेठ २ गतेसम्म बन्द गरेको छ भने लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पुर्याएको छ ।