महाकाली तरेर नेपाल आएका ३४ जनालाई स्थानीय तहमा पठाइयाे ।

४ बर्ष अघि

२0७७ बैशाख १५ सोमबार

महाकाली तरेर नेपाल आएका ३४ जनालाई स्थानीय तहमा पठाइयाे ।

दृष्टिकोण समाचार बैशाख १५ दार्चुला ।  नेपाल भारत सीमा नाका बन्द भएको बेला व्यासको घाटिबगरमा महाकाली तरेर आएका ३४ जनालाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ । शनिबार व्यास गाउँपालिका वडा नम्बर २ घाटिबगर भएर ३४ जना मजदुर नेपाल आएका थिए ।  महाकाली तरेर नेपाल आएका बझाङ जिल्ला बुङ्गल नगरपालिका १ का १ जना, छविसपाथी गाउँपालिकाका ७ का १ महिला र २७ पुरुष, जाजरकोटका ३ जना तथा दार्चुला नौगाड गाउँपालिका वडा नम्बर २ का २ जनालाई आइतबार बेलुकी बसमार्फत सम्बन्धित स्थानीय तहमा पठाइएको हो । 
सम्बन्धित स्थानीय तहमा क्वारेन्टाइनमा राख्ने गरी जिल्लाबाट पठाइएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर उनीहरुलाई सम्बन्धित सथनीय तहमा पठाइएको जोशीको भनाई छ ।
लालीको रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ भएपछि उनीहरु सुरक्षाकर्मी नभएको स्थानमा पुगेर नेपाल भित्रिएका हुन् । शनिबार उनीहरुलाई व्यास गाउँपालिकाको सुनसेरा क्वारेन्टाइनमा राखिएको थियाे