दुहुँ गाउँपालिका उपाध्यक्ष क्वारेन्टाइनमा ।

४ बर्ष अघि

२0७७ बैशाख १४ आईतवार

दुहुँ गाउँपालिका उपाध्यक्ष क्वारेन्टाइनमा ।

दृष्टिकोण समाचार बैशाख १४ दार्चुला । दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशी आइतबारदेखि क्वारेन्टाइनमा बस्नुभएको छ । काठमाण्डौंबाट घर फर्किनुभएका जोशी दुहुँ गाउँपालिका वडा नम्बर ४ स्थित धारीपाटा मावि धारीको क्वारेन्टाइनमा बस्नुभएको हो ।उहाँ काठमाण्डौंबाट आइतबार मात्रै घर फर्किनुभएको हो । गाउँपालिका बाहिरबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान गरेका कारण उपाध्यक्ष जोशी क्वारेन्टाइनमा बस्नुभएको छ ।  उहाँले भन्नुभयो, “मैले पनि नियम मान्नुपर्छ । जिम्मेवारी व्यक्ति भएको कारण मैले क्वारेन्टाइनमा नबस्ने भन्ने हुँदैन्,” उहाँले भन्नुभयो । सबैलाई नियम समान हो । काठमाण्डौंबाट आएका दुहुँ गाउँपालिकाका १६ जना सबै सम्बन्धित वडाको क्वारेन्टाइनमा बस्न लगाइएको उपाध्यक्ष जोशीले बताउनुभयो ।  बसमार्फत घर पुगेका वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर ४ का ९ जना सम्बन्धित वडाको क्वारेन्टाइनमा बसेको उहाँले बताउनुभयो ।आइतबार दुहुँ स्वास्थ्य चौकीको क्वारेन्टाइनमा ८ जना स्थानीय बसेका छन् । आइतबार काठमाण्डा‌ै बाट आएका ६ जना र शनिबार आएका २ जनालाइ क्वारेन्टाइनमा राखिएको स्वास्थ्य चौकी प्रमुख प्रेमसिह धामीले जानकारी दिनुभयो ।
सरकारले देशबाहिर र देशभित्रसमेत एक ठाउँबाट अर्को ठाउँमा जाने व्यक्तिलाई क्वारेन्टाइनमा अनिवार्य राख्न भनेको छ ।